राजीव गान्धीले भारी बहुमत ल्याउदा पनि डर फैलाउने काम गरेका थिएनन : सोनिया गान्धी



एजेन्सी–

भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले मोदी सरकारले बहुमतको दुरुपायोग गरिरहेको बताएकी छन ।

गान्धीले  देशमा डर–त्रास पैदा गर्नका लागि मोदी सरकारले बहुमतको प्रयोग गरेको आरोप लगाएकी हुन ।

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको ७५ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राजीव गान्धीले पनि सन् १९८४ मा भारी बहुमत प्राप्त गरेका थिए तर उनले त्यसको प्रयोग डरको माहोल फैलाउनका लागी प्रयोग नगरेको बताइन ।

कांग्रेस अध्यक्ष गान्धिले प्रधानमन्त्रीका रुपमा राजीव गान्धीले भारतको अनेकतामा एकताको सन्देश दिएको उल्लेख गर्दै राजिब गान्धिले भारतलाई बलियो, सुरक्षित र आत्मनिर्भर बनाउन प्रारम्भ गरेको स्मरण गरिन ।

सोनिया भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीकी श्रीमती हुन्। राजिव गान्धी सन् १९९१ मा मारिएका थिए। गान्धीले भारतमा १८ बर्ष उमेर पुगेका युबालाई मतदानको अधिकार दिलाएका थिए ।

प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार  ४ : ५२ बजे