काठमाडौंस् भारतको ओडिसा राज्य सरकारले नेपाली छात्रा प्रकृति लम्सालको मृत्युसम्बन्धी घटनामा अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त (सह–सचिव) सदस्य रहेका छन्।
२० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको गल्र्स होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।
समिति गठनसँगै, ओडिसा राज्य सरकारले घटनामा संलग्न सुरक्षा गार्ड र अन्य दोषी अधिकारीलाई निलम्बन गर्ने निर्णय लिएको छ। यसका साथै, “बल प्रयोग र दुव्र्यवहारका घटनाहरूको अनुसन्धान भइरहेको छ र जिम्मेवारलाई कानुनी दायरामा ल्याइनेछ,” विज्ञप्तिमा भनिएको छ।
ओडिसा सरकारले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि थप कदम चाल्ने आश्वासन दिएको छ।










