५ बजे मन्त्रिपरिषदको बैठक बस्दै, कुलमानबारे के होला निर्णय ?



काठमाडौँ । सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघिको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव गरेको सार्वजनिक भएको थियो।

सरकारको निर्देशन नमानेको भन्दै घिसिङलाई हटाएर जानुपर्ने खड्काको प्रस्ताव थियो। तर उक्त विषयमा कुनै पनि निर्णय भएको छैन। सोही प्रस्तावबारे निर्णय हुन सक्ने आकलन गरिएको छ।

उर्जामन्त्री खड्काले संसद बैठकमा कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारले षड्यन्त्रपुर्वक कुलमानलाई हटाउन लागिपरेको बताउँदै आएको कुलमानलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको र कुलमान(प्रचण्डको सम्बन्ध निकट रहेकाले पनि कुलमानका पक्षमा माओवादी उत्रँदै आएको छ। माओवादीलाई अरु विपक्षी दलले पनि साथ दिँदै आएका छन्।

प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार  २ : ०८ बजे