राष्ट्र बैंकले भन्यो – खाद्यवस्तुको मूल्यवृद्धि साढे ७ प्रतिशत



काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खाद्य तथा पेय पदार्थको मूल्य बढेको छ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.५३ प्रतिशत पुगेको छ।

गैर खाद्य पदार्थ तथा सेवा क्षेत्रको मूल्यवृद्धि भने साढे ३ प्रतिशतको हाराहारीमा छ। समग्र मूल्यवृद्धि ४.९७ प्रतिशत रहेको समीक्षाले उल्लेख गरेको छ।

गत आवमा खाद्य वस्तुको मूल्यवृद्धि ६.४७ प्रतिशत रहेको थियो भने समग्र मुद्रास्फीति ५.४४ प्रतिशत थियो।

गैरखाद्य वस्तुको मूल्यवृद्धि ४.६४ प्रतिशत रहेको समीक्षामा उल्लेख छ।

प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार  ८ : १२ बजे