८ भदौ, काठमाडौं –
जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई भोली बयान लिने गरी हिरासतमा पठाएको छ ।
चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने सहित आरोपी तिनै जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो ।
आइतबार अस्मिता कार्किको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ ।
आताबार अबेर मात्रै अदालतमा अभियोग पत्र पेश भएकाले आइतबार लामिछानेको बयान लिन समय अभाब भएको हो ।बयान सकिएपछी हुने थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।








