वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले शुक्रबार खनिज सम्झौतामा हस्ताक्षर गरेनन्।
ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्पले कुनै पनि सम्झौतालाई अस्वीकार गरेका भने छैनन्।
रोयटर्सका अनुसार जेलेन्स्कीले ट्रम्पको बहस लगत्तै ह्वाइट हाउस छोडेका थिए। ट्रम्प र जेलेन्स्कीबीचको भेटपछि हुने संयुक्त पत्रकार सम्मेलन रद्द गरिएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनी नेतालाई रुससँगको युद्धमा अमेरिकाको समर्थन नभएसम्म शान्तिमा कुनै चासो नरहेको बताएका थिए। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् – भोलोदोमिर जेलेन्स्कीले प्रतिष्ठित ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अपमान गरेको छ। उनी शान्तिका लागि तयार हुँदा फर्कन सक्नुहुन्छ।
युरोपेली नेताहरू शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग ऐक्यबद्धता देखाउन लाइनमा देखिएका थिए। महाद्वीपको उत्तर, दक्षिण, पूर्व र पश्चिमका प्रधानमन्त्री र राष्ट्रपतिहरूले रुसी आक्रमण विरुद्धको युद्धमा जेलेन्स्की र युक्रेनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले अमेरिकी राष्ट्रपतिको प्रत्यक्ष आलोचना गरेनन् तर उनको टिप्पणीले उनीहरू किभको साथमा रहेको स्पष्ट पारेको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा पोस्ट गरेका छन्, ‘आक्रमणकारी होस् रुस।
यसैबीच, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सोशल मिडियामा जेलेन्स्की र युक्रेनलाई आफ्नो समर्थन देखाउँदै लेखेका छन्, ‘तपाईं एक्लै हुनुहुन्न।’
ओभल हाउसमा मिडियाको अगाडि भएको यो बहसमा ट्रम्पले भने, ‘जेलेन्स्की तिमी लाखौंको ज्यानसँग खेल्दै छौ। तिम्रो देश खतरामा छ तर तिमी बुझ्दैनौ। तिमीले अन्ततः रूससँग सम्झौता गर्नुपर्नेछ। जवाफमा जेलेन्स्कीले भने, ‘हामीलाई युद्धविरामको आवश्यकता छैन।’
त्यसपछि ट्रम्पले भने जेलेन्स्कीले आफ्नो प्रतिष्ठित ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अपमान गरेको भन्दै शान्तिको लागि तयार हुँदा फर्कन सक्नेछौ भन्दै उनलाई निक्लेर जान भनेका थिए।
ह्वाइट हाउसले रुसी सरकारी मिडिया टासका पत्रकारलाई शुक्रबार ओभल अफिसमा प्रवेश गर्न अनुमति दिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीचको बैठकलाई कभर गर्न रुसी राज्यको मिडिया एजेन्सीले अनुमति नदिइएको ह्वाइट हाउसका एक अधिकारीले बताए।
त्यसकारण, रुसी सरकारी मिडियाले यस बैठकको मिडिया कभरेज गर्न सकेन।














