‘नो केबलकार’ समूहलाई वार्तामा आउनका लागि गृहमन्त्रीको आह्वान



काठमाडौं ।आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दैं गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् ।

बैठकमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले वार्तामा आउन अनुरोध गरेका हुन् ।

नो केबलकार समूहको मागप्रति सरकार गम्भीर रहेको जनाउँदै मन्त्री लेखकले सरकार वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताउका छन् ।

शान्तिपूर्ण ढङ्गबाट समस्या समाधानको सरकारको पहललाई सहयोग गर्न उनले आन्दोलनरन पक्षलाई आग्रह गरेका छन् । ‘वार्ताका लागि गृह मन्त्रालयले सह(सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

आन्दोलनरत पक्षले वार्तामा अवरोध गरेपछि गृह मन्त्रालयले फागुन १२ मा फेरि वार्ताका लागि आव्हान गरेको छ,’ उनले भने, ’सरकार शान्तिपूर्ण ढङ्गले समस्या समाधानका लागि गम्भीर छ ।’

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  १ : ५८ बजे