काठमाडौँ । आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज परिसूचक २.६७ प्रतिशतले बढेर २ हजार ८९०.२८ बिन्दुमा बन्द भएको छ।
आज १४ अर्ब २५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक घटेको छ। यस समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ।
आज १९६ कम्पनीको सेयरमूल्य बढेको छ। यस्तै, ४४ कम्पनीको सेयरमूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य स्थिर छ।
आज हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ।
फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।










