काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका अनुसार हाललाई स्वास्थ्य अवस्था सामान्य रहेको र एक सातापछि उनलाई ‘फलोअप’मा बोलाइएको शाहको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।










