कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।
मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।
शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको थियो । उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल पठाइएको थियो ।
त्यसपछि विरोधमा उत्रिएका आयोजक पक्षका अरू व्यक्ति र नगर प्रहरीबीच झडप भएको हो । झडपमा परी नगर प्रहरी र आयोजक दुवैतर्फका गरी करिब एक दर्जन मानिस घाइते भएका छन् ।










