काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाइ ०८४ को निर्वाचन लड्न आउँन चुनौति दिएका हुन् ।
ओलीले भने, “केही साथीहरू सडकमा कराइराखेको देखेको छु, कस्तो शासन ल्याउन खोजेको रु लोकप्रिय छु भन्ने कसैलाई लाग्छ भने ०८४ पर्खनुस् न,आउनुस्, स्वागत छ चुनावमा ।”
उनले अराजकता मच्चाएको भरमा सत्ता कब्जा गर्ने समय सकिएको समेत दाबि गर्दै भने, “बहुमत मान्दिनँ, जनताले छानेका प्रतिनिधि मान्दिनँ, जनताले छानेको प्रतिनिधिको शासन मान्दिनँ कानुनले, संविधानले भनेको मान्दिनँ,” उनले भने, “यो कस्तो शासन ल्याउन खोज्या ?”
उनले ०८४ को निर्वाचनसम्म कांग्रेस र एमालेको सहमति नटुट्ने दाबी गरे । उनले देशको प्रणाली, देशै बचाउनका लागि कांग्रेस– एमाले मिलेर सरकार बनाएको बताए ।














