मैले राजालाई सडकमा ल्याएपछि  कमल थापा र राजेन्द्र लिङ्देन ढोक्सा थाप्न आए : दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण नेपालबाट राजतन्त्र गएको आरोप लगाएका छन् ।

आज आफ्नै निवास भक्तपुरमा युट्युबर सम्मेलनको आयोजना गर्दै विवादित मेडिकल व्यवसायी प्रसाईले सो आरोप लगाएका हुन् ।

“पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ,” उनले भने, “तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे ।”‘कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’

आफूहरुले माहोल बनाएपछि थापा र लिङ्देन ढोक्सा थाप्न आईपुगेको उनको आरोप छ ।

उनले आफू कलियुगको अर्जुन भएको हुँदा आफूलाई कमजोर नआक्न पनि चेतावनी दिएका छन् । “चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे १ आउनुपर्‍यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,” उनले भने, “राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ? । मलाई कमजोर नआँक्नु” प्रसाईंले भने ।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  ११ : ५६ बजे