प्रचण्डले भने- राजावादीहरूको चहलपहल पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको छ



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि पल्टाउने प्रयास भएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकारको विश्वसनीयता सकिएकै देखेर पुरातनपन्थी राजतन्त्रवादी हौसिएको बताएका हुन् ।

प्रचण्डले भने-‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ ।

राजावादीहरुको चहलपहल अचानक बृद्धि भएको उनले बताए । सरकारमा रहेका पार्टीहरुले पछिल्लो ८ महिनामा प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै राजवादी सडकमा आउनुको मूल कारण रहेको उनको दाबी छ ।

प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार  २ : २४ बजे