युट्युब गतिबिधिमाथी सञ्चारमन्त्रीको आक्रोश : यो पनि पत्रकारिता हो ?



काठमाडौं–

पछिल्लो समय युट्युबमार्फत प्रचार प्रसार हुने सामाग्रीले समाजलाई अराजकता र हिङ्शा तिरा डोर्याइरहेको आरोप लागी रहेका बेला सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्युबमार्फत हुने गतिबिधीहरु प्रती रोष प्रकट गरेका छन् । जसलाई जे पनि भनेको छ , जे आरोप पनि लगाएको छ यो पनि पत्रकारिता हो ?’मन्त्री बाँस्कोटाले प्रश्न गरेका छन ।

राष्ट्रियसभामा बोल्ने क्रममा उनले हिजोआज अचम्मका प्रवृत्तिहरु देखिएको भन्दै मिडिया काउन्सिल विधेयकमार्फत् त्यसलाई नियन्त्रण गर्न खोजिएको बताए । उनले भने, ‘हिजोआज अचम्मका केही प्रवृत्तिहरु देखिएका छन् । जे पनि गर्न पाउने, त्यो नै पत्रकारिता हुने।’

युट्युबमा जे पनि प्रसारण गरिने तर उत्तर दायित्व नहुने भन्दै नियन्त्रण जरुरी रहेको उनले औंल्याए। वर्तमान व्यवस्थामाथि नै धावा बोलिरहेको प्रसंग उप्काउँदै उनले भने, ‘कयौंमा यस्तो पनि देखिएको छ, । संविधान खारेज गरौं। अर्कै चिज लिएर आउँ । यो पनि पत्रकारिता हो ?’

सरकारले  अस्थिरता फैलाउने खालका एस्ता गतिबिधीहरु नियन्त्रण गरेरै छोड्ने उनले बताए ।

प्रकाशित मिति : भदौ १३, २०७६ शुक्रबार  ७ : ३२ बजे