ट्रम्पले खसालेको ‘परमाणुबम’: आयात शुल्क बढाउने घोषणाबाट उत्पन्न जोखिम र अवसर



काठमाडौं । सार्वजनिक वृत्तमा दशकौँ बिताउने क्रममा डोनल्ड ट्रम्पको राजनीतिक विचारमा ठूलो परिवर्तन आएको छ। यद्यपि सन् १९८० को दशकदेखि ‘संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई सबल बनाउन आयात शुल्क प्रभावकारी उपाय हो’ भन्ने मान्यतामा उनी दृढ छन्।

अहिले उनले आफू सही भएको प्रमाणित गर्न राष्ट्रपतीय अधिकार र गरिमालाई दाउमा राखेका छन्।

आफ्ना इष्टमित्र, कन्जर्भेटिभ राजनीतिज्ञहरू तथा मन्त्रीहरू वरिपरि राखेर ट्रम्पले ह्वाइट हाउसबाट धेरै देशबाट अमेरिका भित्रिने वस्तुमा ठूलो आयात शुल्क लगाउने घोषणा गरे। आयात शुल्कको दायरामा अमेरिकाका मित्रराष्ट्र , प्रतिद्वन्द्वी र शत्रुवत् सम्बन्ध भएका देश सबै परेका छन्।

यी हुन् एप्रिल २ मा अमेरिकी आयात शुल्कबाट प्रभावित हुने देश र सामानहरू

उनले हर्षोल्लास र आत्माभिन्दनयुक्त भाषण गर्दा समर्थकहरूले ताली बजाएका थिए। त्यस क्रममा उनले आफू निकै पहिलेदेखि आयात शुल्कको पक्षमा रहेको र आफूले पहिला नाफ्टाजस्ता स्वतन्त्र व्यापार सहमति अनि विश्व व्यापार सङ्गठन ‘डब्ल्यूटीओ’को आलोचना गरेको स्मरण गरे।

आगामी दिनमा ‘वैश्विकतावादीू र ‘विशेष स्वार्थ भएका समूहू बाट त्यसको प्रतिरोध हुन सक्ने स्वीकार गर्दै ट्रम्पले अमेरिकीहरूलाई आफ्नो ‘विवेकूमा विश्वास गर्न आग्रह गरे।

‘हाम्रा प्रतिद्वन्द्वीहरूले वाणिज्य बारे विगत ३० वर्षमा गरेका सबै पूर्वानुमान पूर्णतः मिथ्या प्रमाणित भएका छन् भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस्,’ उनले भने। बीबीसिबाट

प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार  ४ : १५ बजे