काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८२/०८३ को तयारीबारे मन्त्री र मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन् ।
आज ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग बजेटको तयारीबारे छलफल गर्न लागेका हुन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् ।









