२२ भदौ, काठमाडौं –
चिनियाँ विदेश मन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुगेका छन् ।
विदेशमन्त्री वाङ यी आइतबार अपरान्ह ४ः२० बजे नेपाल आइपुग्ने बताइएपनी उनि करीब साझको ६ बजे काठ्माण्डौ आइपुगेका हुन । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् ।
उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमण हुने भनिए पनि मिति निश्चित भइसकेको छैन ।विदेशमन्त्री वाङको भ्रमणले राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणको बाताबरण तयार हुने नेपालका परराष्ट्र अधिकारिहरुको भनाइ रहेको छ ।
भोली (सोमबार्) देखी उनको राजनितिक भेटघाट शुरु हुने कार्यक्रम छ । सोमबार दिउँसो ३ः३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन वार्ता हुनेछ। केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ।
चिनियाँ विदेशमन्त्री वाङले नेपाल बसाइको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलि,राष्ट्रपती बिधादेबी भाण्डारि, समकक्षी प्रदीप ज्ञवाली, र प्रमुख प्रतिपक्षी नेता कांग्रेस शभापती शेर बहादुर देउबा लगायतसग भेटघाट र दिपक्षिय हितका बिषयमा कुराकानी गर्ने छन ।
नेपाल भ्रमण सकेर विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने कार्यक्रम छ ।










