पुटिनले तीन दिन एकतर्फी युद्धविराम गर्नुको उद्देश्य



काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मे ८ बाट १० सम्म तीनदिने युद्धविराम घोषणा गरेका छन्।

दोस्रो विश्वयुद्ध अन्त्य भएको ८०औँ वार्षिकोत्सवको संयोग पारेर पुटिनले ७२ घण्टासम्म सबै खालका सैन्य कारबाही रोक्ने बताएका छन्। मस्कोले ूमानवीयू कारणले युद्धविराम घोषणा गरिएको जनाउँदै युक्रेनले पनि त्यसलाई मान्ने अपेक्षा गरिएको बताएको छ।

छोटो समयका युद्धविराम गर्नु क्रेम्लिनको पुरानै रणनीति हो। यसअघि पनि मानवीय कारण देखाउँदै पुटिनले ईस्टर पर्वका बेला ३-घण्टे युद्धविराम घोषणा गरेका थिए।

अहिलेको युद्धविराम घोषणाबारे युक्रेनले तत्कालै युद्धविराम किन नगरेको भन्दै प्रश्न उठाएको छ। किएभले युद्धविराम तत्कालैबाट सुरु हुनुपर्ने र कम्तीमा ३० दिनका लागि गरिनुपर्ने सर्त अघि सारेको छ।

‘यदि रुस साँच्चै शान्ति चाहन्छ भने उसले तत्कालै युद्धविराम गर्नुपर्छ,’ विदेशमन्त्री एन्ड्री सिबिअले भने। ,मे ८ सम्म किन पर्खने ?

तीन वर्षअघि युक्रेनमा पूर्ण स्तरको हमला गरेका रुसी राष्ट्रपतिका तर्फबाट लडाइँ रोक्नका लागि के यो इमानदार प्रयत्न हो त?

कि उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रभावित पार्न लोकाचार मात्रै पारेका हुन् ?

क्रेम्लिनका आलोचकहरूले पुटिनको कदम ट्रम्पसँग सम्बन्ध सुधार्ने प्रयास भएको आशङ्का गरेका छन्।

त्यस बेला मस्कोले ३० घण्टा लडाइँ रोक्ने घोषणा गरेर ह्वाइट हाउसका लागि रुस शान्तिको पक्षधर र किएभ युद्धको पक्षधर भएको सन्देश दिन खोजेको थियो। मस्कोले अघि सारेको मेलमिलापको प्रस्ताव बेवास्ता गरेर युद्ध लम्ब्याउन खोजेको आरोप उसले युक्रेनमाथि लगायो। बीबीसिबाट

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  १ : ३० बजे