काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज पनि हेर्न नमिल्नेमा पर्ने भएका छन् ।
आज (आइतबार) उक्त रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा तोकिएको छ ।
बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले लगाउमा राख्ने आदेशपछि दुवै निवेदन एकसाथ राखिएको छ ।
आइतबार न्यायाधीश डा. मनोकुमार शर्मा र सुनिलकुमार पोखरेलेको इजलासमा परेको छ । अघिल्लो आइतबारदेखि नै हेर्न नमिल्नेमा पर्दै सुनुवाइ सरिरहेको छ । आइतबार पनि पुनः हेर्न नमिल्ने इजलासमै परेको हो ।









