भरतपुर चितवन नजिकको टिकौली जंगल (तस्बिरहरु)



काठमाडौं । भरतपुर, चितवन नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ।

चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्।

टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्।

यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।

तस्विरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक

प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार  १० : २४ बजे