काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री मंगलबार (आज) बस्ने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।
प्रधानमन्त्री ओली अस्वस्थ भएकाले प्रश्नोत्तरको कार्यसूची हटाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।