विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश मल्लको इजलासमा



काठमाडौं । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी मंगलबारका लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  १२ : ४८ बजे