सुदिप वस्ती र कुशिका प्रसाइले चुमे ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को उपाधि



काठमाडौं-

‘बेनिलि मोडल हन्ट नेपाल २०१९’ को शीर्ष उपाधि – पाल्पा रामपुरका २३ वर्षीय सुदिप वस्ती र काठमाडौं कपनकी १८ वर्षीया कुशिका प्रसाइले चुमेका छन् ।

२९ प्रतियोगितालाई पछि पर्दै बस्ती पुरुषतर्फ र २६ प्रतियोगीलाई पछि पार्दै प्रसाई युवती तर्फको विजेता बनेका हुन् ।होटल सोल्टीमा शनिबार साँझ आयोजित अन्तिम स्पर्धामा शिर्ष विजेता बनेका दुबैले चाइनामा हुने सुपर मोडल ग्लोव, लक्जरी ब्राण्ड मोडल अवार्ड, मिस्टर एण्ड मिस मोडल वल्र्डवाइड, मिस्टर वसिन, पन फेसन विक, एसिया लाइस्टाइल विक लगायत अन्तर्राष्ट्रिय फेसन तथा मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अवसर समेत प्राप्त गरे ।

नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल उत्पादन गर्ने प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो पाँचौ संस्करण हो ।  प्रतियोगितामा सम्सद शाह, ख्याति शर्मा फस्टरनर अप र अमन शाह, एलिना भुजु सेकेन्ड रनर अप चुनिए ।

प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार  १२ : २९ बजे