गभर्नर सिफारिस समितिको बैठक सुरु



काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको हो ।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।

चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ४ : ५३ बजे