डा. विश्व पौडेल गभर्नरमा नियुक्त



काठमाडौं, ६ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।

आज ९मंगलबार० साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरमा डा। पौडेललाई नियुक्त गर्ने निर्णय लिएको हो ।

मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद् बैठकमा सिफारिश समितिले तीन जनाको नाम पेश गरेको थियो ।

सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ७ : ०८ बजे