काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ ।
गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हो ।
आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
अब यो रिटमा आदेश आउन बाँकी छ ।









