काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ ।
शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ ‘आदेश’उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आइतबार पेसी राखेको थियो।
शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।










