माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकता हुँदै



१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ ।

गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा पार्टी) र नेकपा माओवादी केन्द्रबिच ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे एकता घोषणा कार्यक्रम हुन लगेको हो ।

पार्टी एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  ८ : ४४ बजे