कांग्रेसको निष्कर्ष– गृहमन्त्रीले राजीनामा दिनुपर्दैन



काठमाडौं । सोमबार बसेको पदाधिकारी बैठकमा नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिननपर्ने बताएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएर आएको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो ।

बैठकमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  ११ : ४७ बजे