काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा आएका विषयबारे स्पष्ट पार्न निर्देशन दिएको छ ।
बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई संसद् र सार्वजनिकरूपमा पनि बाहिर आएका विषयमा स्पष्ट पार्न भनेको हो ।
कांग्रेसले गृहमन्त्री लेखकलाई ‘संसद्भित्र र संसदबाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ’ प्रवक्ता महतले भने ।
भिजिट भिसामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको समेत उनले बताए ।









