माओवादी केन्द्र र नेसपाबीच एकता, गंगानारायण श्रेष्ठ केन्द्रीय सचिवमा नियुक्त



काठमाडौं । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ।

आज एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

माओवादीसँग एकता प्रक्रियामा आएका श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ ।

नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् ।

प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार  १ : ३१ बजे