काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डु’को कार्यकक्षमा विपक्षी दलको बैठक जारी छ ।
सदन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि दलहरू जुटेका हुन् ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ भने बैठकमा सहभागी छैन ।









