काठमाडौं । बालुवाटारमा बसेका सत्तारुढ दलको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रस्ट पार्ने सहमति भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
आजाको बैठकले गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिन निर्णय भएको एमाले प्रमुख सचेतक बर्तौलाले बताए ।









