काठमाडौँ । बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतले दोषी ठहर गरेका अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ।
कांग्रेसका पूर्वसांसदसमेत रहेका आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको हो।
न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्टी हुने निर्णय सुनाएको हो।
जिल्ला अदालत रौतहटले उनलाई व्यक्ति हत्याको आरोपमा दोषी ठहर गरेको थियो।
उनलाई जन्मकैदको फैसला गरेको थियो।
राजपुर बम बिस्फोटको घटनामा घाइतेहरुलाई जिउँदै जलाएको र हत्या गरेको आरोप उनीमाथि लागेको थियो।









