अफगानी राष्ट्रपति घानीको चुनावी र्‍याली सहित दुइ ठाउमा आत्मघाती हमला, २४ जना मारिए



काठ्माण्डौ ,एजेन्सि-

अफगानिस्तानमा अमेरिकि दुताबास रहेको क्षेत्र नजिकै एउटा र अफ्गानी राष्ट्रपतीको चुनाबी र्यालिमा अर्को शक्तिशाली आत्मघाती हमलाहरु भएका छन । अमेरिकि दुताबास नजिकै भएको हमलामा अफगान सुरक्षा बललाई निशानामा पार्ने कोशीश भएको थियो । उक्त हमलामा कुनै मानबिय क्षति भए नभएको थप समाचार आउन बाकी छ ।

तेस्तै आगामी  सेप्टेम्बर २८ मा अफगानिस्तानमा हुन लागेको निर्बाचनको प्रचार प्रसारको क्रममा रहेका  राष्ट्रपति असरफ घानीको चुनावी र्‍यालीमा अर्को शक्तिशाली आत्मघाती हमला भएको छ। हमलामा परी २४ जना नागरिकको ज्यान गएको छ।विस्फोटबाट राष्ट्रपती घानीलाई भने केही नभएको अन्तर्‍आष्ट्रीय सञ्चारम्,माध्यमहरुले समाचारमा जनाएका छन ।

उत्तरी अफगानिस्तानको चरिकार सहरमा घानी सहभागी भएको र्‍यालीमा मंगलबार दिउँसो आत्मघाती हमला भएको हो। हमलामा परी २४ जना नागरिकको ज्यान गएको छ।विस्फोटको जिम्मा कसैले लिएको छैन। तर अतिवादी समूह तालिवानले हमला गरेको हुन सक्ने अनुमान गरिएको छ।

अमेरिका र तालिबान बिचको शान्ती बार्ता अनिश्चित बने पछी अहिले अफ्गानिस्तानमा फेरी हिंशा चर्किन थालेको छ ।

यस अघी  अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्प समेत सहभागी हुने भनिएको शिखर शान्ती बार्ताको थप तयारी चलिरहदा तालिबान बिद्रोहिहरुले एक्कासी काबुलमा गराएको कार बम बिस्फोटमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्युपछी अमेरिकाले तालिबानसग जारी रहेको बार्ता अब अघी बढ्न नसक्ने र अमेरिकि सेना अफ्गानिस्तानबाट फिर्ता गर्ने योजना स्थगित गर्ने जनाएको थियो ।

त्यस एता  तालिवानले आत्मघाती हमलालाई तीव्र पारेको छ भने अमेरिकी र अफगान सेनाले संयुक्त रुपमा अफगानिस्तानमा तालिबान बिरुद्दको बृहत सैनिक अपरेसन चलाई रहेका छन ।

थप समाचारका लागि-

अफगानिस्तानमा ९० तालिबान बिद्रोहि मारिए

तालिबानसँगको शान्ति सम्झौता भंग भएको ट्रम्पको घोषणा ,अमेरिकि सेनाले अफ्गानिस्तान नछोड्ने

प्रकाशित मिति : भाद्र ३१, २०७६ मंगलबार  ११ : २७ बजे