महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने



काठमाडौँ । सरकारले महिलाका नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाउन लागिएको बताएका हुन्।

‘महिला लक्षित उद्यमशीलताको माध्यमबाट रोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि गरिने छ। महिलाका नाममा उद्योग वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ,’ अर्थमन्त्री पौडेलको भनाइ छ।

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  ४ : ५८ बजे