काठमाडौं । जेठ १५ गतेबाट राप्रपासहितका राजावादी समूहले सुरु गरेको प्रदर्शन शान्तिपूर्ण भएको छ
नेताहरुले आन्दोलन जारी रहने भन्दै सहभागिताका लागि आह्वान गरेका छन्।
राजतन्त्र नआउञ्जेल यो प्रदर्शन गरिरहने नेताहले बताएका छन् ।
विहीबार काठमाडौंमा भएको आन्दोलनलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनता मक्किएको गणतन्त्रको पक्षमा नभएको भन्दै यो जनसागरले गणतन्त्र कति कमजोर भइसकेको छ भन्ने कुरा देखाएको बताए ।



















