अफताब आलमलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी



काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

युवराज पौडेल सफलले न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

उजुरीकर्ताले न्यायाधीशद्वयलाई तत्काल निलम्बन गरी आलमलाई उन्मुक्ति दिइएको मिसिल झिकाएर न्यायिक परीक्षणको माग गरेका छन् । ‘पीडितलाई नै अन्याय हुनेगरी आदेश गर्ने उल्लेखित न्यायाधीशद्वय थारु र महर्जनले हालसम्म जिल्ला अदालत वा उच्च अदालतमा रहँदा गरेका न्याय सम्पादनका कार्य एवम् निजहरुले गरेका आदेशहरुसमेत परीक्षण गर्न र उल्लेखित न्यायाधीशहरुलाई तत्काल निलम्बन गर्न एवम् न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारवाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु,’– उनले दर्ता गराएको उजुरीमा भनिएको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार  १ : ४५ बजे