सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबिच छलफल हुँदै



काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो ।

संसद्को गतिरोध हटाउने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०८२ सोमबार  ४ : २६ बजे