सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकसँग छलफलमा सभामुख



काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउनको लागि प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छ्न ।

संसद् भवनको सभामुख कार्यकक्षमा जारी बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल जारी छ ।

प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गरिरहेका हुन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  २ : १० बजे