पूर्वी अफगानिस्तानमा हवाईहमला : ३० सर्वसाधारण मारिए , ४० भन्दा बढी घाइते



काठ्माण्डौ,एजेन्सि-

पूर्वी अफगानिस्तानमा  भएको  हवाईहमलामा परी  ३० जना सर्वसाधारण मारिएका छन् हमल मा परि भने ४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।

अफगान र अमेरिकि सेनाले संयुक्त रुपमा हमला गरेको बताइएको छ ।

चरमपन्थी मुश्लिम सङ्गठन इस्लामिक स्टेट बिरुद्द हमला गरेको बताइएपनी हमलाबाट सर्बसाधारणहरु र खेतमा काम गरिरहेका किसानहरु समेत मारिएको समाचारमा उल्लेख छ ।

आक्रमणमा नान्गरहर प्रान्तको खोग्यानी जिल्लाको बजिर तंगी क्षेत्रमा खेत नजिकै रहेका किसानहरु निसानामा परेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

आक्रमणमा सर्बसाधारणको हताहाती भएको प्रती काबुलमा रहेको अमेरिकी सेनाले कुनै टिप्पणी गरेको छैन।

अफगानिस्तानमा पछिल्लो समय घटनहरु बृद्दी भइरहेका छन ।रोयटर्स-

 

 

प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार  १२ : ५५ बजे