संसद बैठक अघि विपक्षी दलहरु छलफलमा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अघि सारेको पाँच बुँदे प्रस्तावमाथि साझा धारणा बनाउन विपक्षी दलहरु अपसी छलफलमा जुटेका छन्।

प्रतिनिसभामा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग राख्दै जेठ १२ गतेदेखि संसद अवरोध गर्दै आएका छन्।

संसद खुलाउन सरकार र सरकार पक्षीय दलहरुसँग निरन्तर छलफल हुँदै आए पछि निकास निस्कन सकेको छैन।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  १२ : २५ बजे