संसद बैठकमा विपक्षी दलहरूको अवरोध कायमै



काठमाडौं । आज पनि संसद बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध पारेका छन् ।

आजको बैठक सुरु भएको सभामुख देवराज घिमिरेले जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  ४ : ०० बजे