काठमाडौं । सभामुख देवराज घिमिरेले आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टा-छुट्टै छलफल गरेका छन् ।
संसदमा जारी अवरोधबारे आज सभामुखले अर्यालसँग नयाँ बानेश्वरस्थित आफ्नो कार्यकक्षमा छलफल गरेका हुन् ।
छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरे । सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।
रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाए ।
अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।