काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधकै बीच आइतबार सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएका थिए।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असहमति जनाएर प्रतिपक्षी दलहरूले अवरोध गरिरहँदा पनि बैठक सञ्चालन गरिएकाले आफ्नो दलले बहिस्कार गरेको बताए।