सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल



काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन् ।

संसदको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तयार भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ल जारी राखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर सदनमा विरोध गरिरहेका छन् ।

सभामुख घिमिरेले विरोधका बिच आइतबार सदन सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  १२ : १२ बजे