काठमाडौं, ३ असार । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संसद्मा केही माननीयहरुले स्कार्फ लगाएर आएको भन्दै आपत्ति जनाएका छन् ।
आज ९मंगलबार० प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नियमावलीले व्यवस्था गरेको मर्यादित पोशाकमा नआउने माननीयहरुलाई सभामुखले निश्काशन गर्नुपर्ने बताए । यसरी छाडा छोडिदिने हो भने भोलिका दिनमा संसद्मा हाफ पाइन्ट लगाएर आउने दिन नआउला भन्न नसकिने उनले बताए ।
‘यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ । यो नियमावलीमै गरिएको व्यवस्था हो । यो संसद्मा अहिले केही माननिय सदस्यहरुले स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन रु यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउने गर्न थालियो भने त्यसलाई संसदीय मर्यादाभित्र राख्ने कि नराख्ने रु’ प्रश्न गर्दै उनले भने ।
उनले यस्ता प्रकारको पोशाकमा आउनेलाई सभामुखले चेतावनी दिने र संसद्बाट निस्काशन गर्ने गरी कारबाही गर्न आवश्यक रहेको उनले बताए ।
कांग्रेसको नियमापत्तिपछि सभामुखले बैठक ३० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।