काठमाडौं, ४ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुन लागेको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
बैठकमा प्रतिनिधिसभामा जारी अवरोध, समसामयिक गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।