सिंहदरबारमा ओली, देउवा र प्रचण्ड बैठक बस्दै



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

सिंहदरबारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति : असार ५, २०८२ बिहीबार  १२ : ५५ बजे