काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चार जना वडाध्यक्षहरूलाई पुरानै जिम्मेवारी दिएका छन्।
१ जेठमा बालेनले सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।उक्त निर्णय खोसिएकोमा वडाध्यक्षहरूले विरोध जनाएका थिए ।
वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको छ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई तोकेका थिए। तर मेयर बालेनले अहिले वडाध्यक्षहरूलाई पुन: सोही जिम्मेवारीमा फर्काएका हुन्।